ब्राजिलका सेना,नौ सैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ब्राजिलका सेना,नौ सैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा


एजेन्सी

१८ चैत्र २०७७, बुधबार


एजेन्सी । ब्राजिलका सेना, नौ सैनिक र हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन् ।

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरूले एकसाथ राजीनामा दिएको बताइएको छ।

राष्ट्रपतिसँग मतभेद भएर ब्राजिलका सेना, नवसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिनु त्यहाँको इतिहासमै पहिलो घटना भएको बिबिसीमा उल्लेख छ।

विदेश मन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्ट सेना, नौ सैनिक तथा हवाई फौजका प्रमुखहरूको राजीनामा आएको हो।

चीन, अमेरिका र भारतसँग सुमधुर सम्बन्ध बनाउन नसकेको तत्कालीन विदेश मन्त्रीमाथि आरोप थियो। विदेश मन्त्रीले राजीनामा दिएको केही समयपछि रक्षामन्त्रीले पनि सोमवारै राजीनामा दिएका थिए।

सन् २०१९ को ज्यानुअरीमा बोल्सोनारुले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ।

सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न बोल्सोनारु बाध्य भएका थिए।

दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारन्टीनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन्। जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव कोरोनाभाइरसको भन्दा पनि नराम्रो हुने उनको तर्क रहिआएको छ।

ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस