२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकहरूको आवागमन मापदण्ड-२०७७ स्वीकृत, यस्ता छन् नयाँ व्यवस्था

अ+ अ-

काठमाडौँ । सरकारले ‘पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७७’ स्वीकृत गरेको छ ।

कोभिड-१९ सङ्क्रमण नियन्त्रण र रोकथाममा प्रतिकुल असर नपर्ने गरी नेपाल आउने पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्न पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले मापदण्ड जारी गरेको हो ।

नयाँ मापदण्डअनुशार कोभिडविरुद्धको खोप लगाएका र पीसीआर परीक्षणको प्रतिवेदन लिएर आएका पर्यटकहरूले नेपाल आइसकेपछि सम्बन्धित एजेन्सी वा संस्थाको समन्वयमा आफ्नै खर्चमा पीसीआर परीक्षण गराई नतिजा नआएसम्म होटेल क्वारेनटिनमा बस्नुपर्नेछ ।

परीक्षणको नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्म प्रचलित स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै खर्चमा होटेल क्वारेनटिनमा बस्नु पर्नेछ । परीक्षणको नतिजा नेगेटिभ आएका पर्यटक सम्बन्धित संस्था वा एजेन्सीमार्फत पदयात्रा वा  पर्वतारोहणमा जान वा सम्बद्ध पर्यटकीय गतिविधिमा सहभागी हुन सक्नेछन् ।

सरकारले भारतीय पर्यटकको हकमा विशेष व्यवस्था गरेको छ । हवाई मार्गबाट नेपाल आउने भारतीय पर्यटकको हकमा नेपाल इन्डिया ट्राभल बुबल एग्रिमेन्ट अनुरूपको व्यवस्था गर्ने, स्थल मार्गबाट आउनेले दफा ७ को खण्ड क बमोजिमका कागजात नेपाल भारत सीमाको अध्यागमन बिन्दुमा पेस गर्नुपर्ने र सरकारले स्वीकृत गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

यो व्यवस्थासँगै यसअघि जारी भएका मापदण्ड तथा आदेशहरू खारेज भएका छन् ।

प्रतिक्रिया दिनुहोस