२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साल्ट ट्रेडिङको शेयरमा सकारात्मक सर्किट

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १४.५७ बिन्दुले बढेर दुई हजार ५२८.९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०९ बिन्दुले बढेर ४४८.८९ मा पुगेको छ ।

कूल २०८ कम्पनीको एक करोड दुई लाख ७६ हजार ७१० कित्ता शेयर रु पाँच अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब ९२ अर्ब ५९ करोड १४ लाख ८० हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ६.६८, विकास बैंक ६.०५, वित्त ७।७४, उत्पादन ४२.३३, अन्य ११.४१ र जीवन बीमा ९८.७८ बिन्दुले घटेको छ । यस्तै, व्यापार ३४६.४६, होटल तथा पर्यटन १५५.५, जलविद्युत् १२९.८४, निर्जीवन बीमा १७४.०४, लघुवित्त ६९, सामूहिक लगानी कोष ०.०२ र लगानी उपसमूह १.०३ ले उकालो लागेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५२ करोड ६० लाख ९४ हजार ५७२ बराबरको कारोवार भयो ।

यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ३२ करोड ८१ लाख ५५ हजार ७७४, नेपाल बङ्गलादेश बैंक रु २८ करोड ७१ लाख छ हजार ३०२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ५७ लाख १३ हजार ३८४, रसुवागढी हाइड्रोपावर रु १३ करोड ७४ लाख ८० हजार ७४७, साल्ट टे«डिङ कर्पोरेशन रु १२ करोड ५८ लाख ९९ हजार ५४९, निर्धन उत्थान लघुवित्त रु १२ करोड ४४ लाख ८३ हजार ८४८, मेरो माइक्रोफाइनान्स रु ११ करोड ८७ लाख १६ हजार ९११, शिखर इन्स्योरेन्स रु १० करोड ७६ लाख १४ हजार ३३६ र अरुण काबेली पावर रु १० करोड ४६ लाख ८६ हजार ६९७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज साल्ट टे«डिङको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै, चन्द्रागिरि हिल्स ९.९८, रसुवागढी हाइड्रोपावर ९.९७, कालिका पावर कम्पनी ९.९६, साञ्जेन जलविद्युत् कम्पनी ९.९४, बोमी माइक्रोफाइनान्स ९.९३, माथिल्लो तामाकोशी ९.९२, रैराङ हाइड्रोपावर ९.८९, सूर्योदय लघुवित्त ८.३५ र माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.०३ प्रतिशतले कमाए ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ४.१५, सप्तकोशी डेभलपमेन्ट बैंक ३.६१, हिमालयन पावर पार्टर ३.१३, अरुण भ्याली हाइड्रोपावर २.६९, यूनाइटेड फाइनान्स २.०९, यूनिलिभर नेपाल १.९९, गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस