२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अबको ब्यूरोक्रेसी हाइली मोटिभेटेट, कम्पिटेन्ट र एक्सन ओरेन्टेड’ -मुख्य सचिव वैरागी

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले कर्मचारीतन्त्रको सुधार योजना अघि सारेका छन् ।

आम नागरिकमा कर्मचारीप्रतिको दृष्टिकोण परिवर्तन गर्न संस्थागत सुधारको थालनी गरेको जनाउँदै मुख्य सचिव वैरागीले ब्यूरोक्रेसीलाई हाइली मोटिभेटेट, कम्पिटेन्ट र एक्सन ओरेन्टेड बनाउने तयारीमा रहेका बताएका हुन् ।

बुधवार सिंहदरवारमा सञ्चारकर्मीसँगको भेटमा मुख्य सचिव वैरागीले विश्वव्यापी प्रतिस्पर्धासँगै छिमेकी मुलुकमै विकासको लहर आइरहँदा नेपालमा पनि विकासलाई डोर्‍याउने कर्मचारीतन्त्र निर्माणका लागि आफ्नो प्रयत्न रहेको बताएका हुन् ।

‘हामीसँग भएका सबै रिसोर्सेजहरुलाई चलाउने पनि ह्यूमन रिसोर्सेज नै भएकोले अबको ब्यूरोक्रेसी हाइली मोटिभेटेट, कम्पिटेन्ट र एक्सन ओरेन्टेड बनाउने तयारीमा छौँ’ मुख्य सचिव वैरागीले भने, ‘यसको रिस्ट्रक्चरिङका बारेमा छलफल भइरहेको छ’

मुख्य सचिव वैरागीले निर्णय कार्यान्वयनलाई तीव्रता दिइएन भने जतिसुकै राम्रो नीति भए पनि कागजमै थन्किने अवस्था नहोस् भन्नका लागि आफू लागिपरेको बताएका छन् ।

हरेक दिन जसो नयाँ नयाँ चुनौतीहरू थपिँदै जाने भएकोले त्यसलाई सहजै सामना गर्न सक्ने कर्मचारीतन्त्र आवश्यक भएको उनको भनाई छ । ‘हिजोभन्दा आजका चुनौती फरक छन् र आजभन्दा भोलिका फरक हुनेछन् । देश भरी जसरी विकासको आकाङ्क्षा मुखरित भइरहेको छ, त्यसलाई अगाडी डोर्‍याउने कर्मचारीतन्त्र कस्तो हुन सक्छ रु भन्ने विषयमा पनि गहनरुपमा सोचिरहेका छौँ, छलफल भइरहेको छ’ मुख्य सचिव वैरागीले भने ।

कार्यालयमा हुने ढिलासुस्ती कसरी कम गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित रहेको पनि उनले बताएका छन् । कार्यालयका चिठिपत्रहरु समयमै पुग्ने व्यवस्थादेखि अफिस अटोमेसन र हेल्ला सरकारलाई सक्रिय बनाउँदै लैजाने उनको भनाई छ ।

विकास र समृद्धिका लागि तीन खम्बे रणनीति अघि सारेको जानकारी दिँदै उनले विकासलाई डोर्‍याउने कर्मचारीतन्त्र बनाउने, प्राथमिकताप्राप्त विकास निर्माणका योजनालाई उच्च महत्वकासाथ अघि बढाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्ने नीति आफूले अवलम्बन गर्ने बताए ।

विकास निर्माणका कार्यहरू समयमै सम्पन्न बाधा पुग्ने कुनै कानुनी जटिलताहरू छन् भने फुकाएर भए पनि गति दिने मुख्य सचिव वैरागीको भनाई छ ।

वैरागीले सङ्घीय निजामती सेवा ऐन र कर्मचारी समायोजनको विषयमा पनि चासो राखेका छन् । लामो समयदेखि संसद्मा रोकिइराखेको विधेयक अगाडी बढाउन भूमिका खेल्ने बताउँदै ऐन आइसकेपछि कतिपय समस्याहरू आफै समाधान हुने धारणा राखेका छन् ।

मुख्य सचिव वैरागीले कर्मचारीप्रतिको हेराई पनि परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । ‘कर्मचारीले कामै गर्दैन, उत्तरदायी भएन, प्रतिस्पर्धी नै छैनन् भन्ने जुन कुराहरू बाहिर सुनिन्छ त्यसको इमेज चेन्ज गर्नु छ’ मुख्य सचिव वैरागीले भने ‘बाहिर आइरहेको जति सबै कुरा सत्य होइन’

उनले कर्मचारीप्रतिको आम नागरिकको बुझाइलाई परिवर्तन गराउँदै भरपर्दो संस्थाको रूपमा स्थापित गराउन आफ्नो प्रयत्न रहने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् ।

पछिल्लो समय मुख्य सचिव वैरागीले परिणाम देखिने गरी काम गर्न सचिवहरूसँग निरन्तर छलफल गरिरहेका छन् । नियमित सचिव बैठक राख्नेदेखि एजेन्डा तय गर्दै निरन्तर फलो अप भइरहेको छ ।