Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पृतनापति समन्वयात्मक बैठक २०७७ सम्पन्न


२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक शुक्रवार सम्पन्न भएको छ ।

काठमाडौँस्थित जङ्गी अड्डामा आयोजित समन्वयात्मक बैठकमा सेनाका विविध कार्यहरूको प्रगति समीक्षा, मूल्याङ्कन र विश्लेषण भएको छ ।

बैठकमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले यस सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्न सक्ने कार्यहरूको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्‍याउने र भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताएका छन् ।

नीति, नियम र निर्देशिकामा आधारित कार्यप्रणालीले नै नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सिष्टम ड्राइभन अर्गनाइजेसनको रूपमा स्थापित गर्ने भन्दै उनले सबैलाई बैठकमा उठेका विविध आन्तरिक सुदृढीकरणका विषयहरूको प्रभावकारी कार्यान्वयनको लागि निर्देशन दिएका छन् ।

नियमित रूपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतीकरण र उठान भएका बिषयवस्तुहरुमाथी भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमूल्य राय सुझावहरूले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस