प्रधानमन्त्रीलाई भेट्न नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटारमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीलाई भेट्न नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटारमा


२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ। शान्ति पूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् ।

नवलपरासीबाट शुक्रबार काठमाडौँ आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । सामाखुसीमा नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दिपक’सँग आन्तरिक छलफल पछि उनी बालुवाटार गएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् । हस्ताक्षर समारोह केहीबेरमा राष्ट्रिय सभागृहमा हुँदैछ । उक्त समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् ।

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीका सदस्यहरुले बिहीबार तीन बुँदे सहमति भएको प्रेस नोट सार्वजनिक गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस