मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार


२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । वीरगन्जकी एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार दिने भएको छ ।

उक्त कुराको जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले विज्ञप्तिमार्फत दिएको हो । १५ वर्षीया खातुनलाई विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्।

यो अवार्ड पाउने खातुन नेपालकै पहिलो महिला हुन् भने,अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि हुन्।

१५ वर्षको उमेर हुँदा एक किशोरले राखेको प्रेम प्रस्तावलाई अस्वीकार गर्दा खातुनमाथि एसिड प्रहार भएको थियो । उनको अनुहार, छाती र हातमा गहिरो चोटसमेत लागेको थियो । अस्पतालको लामो समयसम्मको पीडादायी बसाइपछि उनी ठीक भइ घर फर्किन् तर खातुनले अहिले पनि विभिन्न समस्याहरु झेलिरहेकी छिन् ।

एसिड आक्रमण अन्त्यका लागि उनले गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस