विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द’विप्लव’ समूहको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबिच भएको ३ बुँदे सहमतिलाई पनि अनुमोदन गरेको एक मन्त्रीले बताएका छन् ।

वार्तामा भएका सहमतिसहित सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहको तर्फबाट महासचिव नेत्रविक्रम चन्द’विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस