२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने

अ+ अ-

पाल्पा । नेपाल मानवअधिकार सङ्गठन लुम्बिनी प्रदेशको परिषद्को बैठक आजदेखि पाल्पामा शुरु भएको छ । परिषद् बैठकमा लुम्बिनी प्रदेशभित्रका सङ्गठनका प्रदेश तथा जिल्ला पदाधिकारी सहभागी छन् ।

बैठकमा सङ्गठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर आचार्यले राज्यसँग मिलेर काम गर्ने र मानवाधिकार उल्लङ्घन हुँदा खबरदारी गर्ने काम सङ्गठनको दायित्व भएको बताए। उनले कारागारका नागरिकको समेत मानवाधिकारको रक्षाका निम्ति आवाज उठाउँदै आएको औल्याए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डा.पुरन बज्राचार्यले आस्थाकै आधारमा नागरिक आधारभूत आवश्यकता पाउनबाट वञ्चित हुन नहुने बताए । अर्का प्रदेशसभा सदस्य वीरबहादुर रानाले नेपालमा व्यवस्था परिर्वतन भए पनि कार्यशैलीमा सुधार नदेखिएको उल्लेख गरे । तत्कालीन संविधानसभा सदस्य नारायणी शर्माले संविधानमा व्यवस्था भएको मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने बताइन् ।

उक्त अवसरमा नेकपाका जिल्ला नेता धनेन्द्रराज घिमिरेले मानवाधिकारको प्रत्याभूतिका लागि राजनीतिक शक्ति जनताको अधिकारका निम्ति सधैँ जिम्मेवारीका साथ अघि बढेको बताए । नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्मचार्यले आफ्नो पार्टी लोकतन्त्र र मानवाधिकार रक्षा निम्ति सधैँ जिम्मेवार रहेको बताए । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पार्टी र विचारपिच्छे मानवाधिकार तथा नागरिक समाज स्थापना हुनु राम्रो पक्ष नभएको बताए ।