दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु


१९ फाल्गुन २०७७, बुधबार


जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

उनले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस