२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीलाई ताप्लेजुङको दोभान बजारका अग्निपीडितको ज्ञापनपत्र

अ+ अ-

काठमाडौँ । ताप्लेजुङका अग्निपीडितहरूले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्र बुझाएका छन् । फागुन १८ गते आगलागी भई विस्थापित भएका ताप्लेजुङको दोभान बजारका पीडितहरूले आफूहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि भूकम्पपीडितसरहको सहयोग उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

मङ्गलवार आगलागी भई दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए भने डेरा गरी बसेका ७९ परिवार विस्थापित भएका थिए । बुधवार ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरी गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

आगलागीका कारण आवासविहीन हुन पुगेका पीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्याङ्कीको व्यवस्थापन गरिदिन तथा आगलागी पीडितका लागि पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधि सभा सदस्य तथा दोभान बजार अग्नि पीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिएका छन् ।

गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै ताप्लेजुङका अग्नि पीडितका लागि राहतको काम सुरु भइसकेको बताए । उनले सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मङ्गलवार खाद्यान्न लगायतका अन्य सामग्री पठाइने बताए । आवासका लागि भूकम्प पीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले बताए ।

गृहमन्त्रालयले तत्काल राहतकोरुपमा प्रतिपरिवार १५ हजार रुपैयाँको दरले पठाइसकिएको र कार्यविधि सच्याएर अग्नि पीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने पनि गृहमन्त्री थापाले बताए ।