फागुन १९ देखि २१ गते सम्म जंगी अड्डामा पृतनापति सम्मेलन हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फागुन १९ देखि २१ गते सम्म जंगी अड्डामा पृतनापति सम्मेलन हुने


१८ फाल्गुन २०७७, मंगलबार


नेपाली सेना

काठमाडौँ । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन १९ गतेदेखि २१ गतेसम्म पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ ।

नेपाली सेनाले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै फागुन २७ गते हुन गइरहेको महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा तीन दिवसीय पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुबाट आ(आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस