विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं : प्रवक्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं : प्रवक्ता


१८ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् ।

उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा (बादल)को नेतृत्वमा समिति गठन भएको छ ।

प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने विश्वास रहेको प्रवक्ता गुरुङले जनाए ।

सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ ।

यसअघि सरकारले भूमिगत समूहहरुसँग वार्ता गर्न भन्दै सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस