घुस लिएको आठ लाख बाटोमै फालेर गाउँपालिका अध्यक्ष फरार, चालक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घुस लिएको आठ लाख बाटोमै फालेर गाउँपालिका अध्यक्ष फरार, चालक पक्राउ


१८ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्षले बाटोमा फालेको ८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद गरेको छ।

सोमवार आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले अध्यक्ष डम्बरबहादुर राउतले बाटोमा फालेको ८ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन्।

आयोगको टोलीले प्र–२–०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । अध्यक्ष राउत भने फरार छन्। गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन उनले ८ लाख रुपैयाँ कमिसनको रूपमा लिएको आयोगको अनुसन्धानमा खुलेको छ ।

अख्तियारको टोलीले अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना पाएपछि सोमबार दिउँसो साढे ४ बजेदेखि घेरामा हालेर छानबिन सुरु गरेको थियो। करिब ३ घण्टाको छानबिन पछि अख्तियारको टोलीले गाडीबाट लाखौँ रकम बरामद गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस