फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !


१७ फाल्गुन २०७७, सोमबार


नेपाल आयल निगम

काठमाडौँ । गत फागुन ४ गते हप्ता दिन नबित्दै मूल्य बढाएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल र हवाई इन्धनको मूल्य बढेको निगमले जनाएको छ ।

डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाह्यतर्फको मूल्य पनि एक किलो लिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्‍याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत् छ ।

Tags :
प्रतिक्रिया दिनुहोस