बाबुराम भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष, ट्युमरको तत्कालै शल्यक्रिया गर्नुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाबुराम भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष, ट्युमरको तत्कालै शल्यक्रिया गर्नुपर्ने


प्रशासन संवाददाता

१७ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले निष्कर्ष निकालेका छन्।

न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली गएका भट्टराईको बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको निष्कर्ष निष्केको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

तर क्यान्सर नभए पनि उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएका छन् । दुई–तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने छ । तत्कालै शल्यक्रिया नभए क्यान्सर हुनसक्ने खतरा रहेको चिकित्सकको भनाइ छ ।
भट्टराईले विक्रम भाटियासँग स्वास्थ्य सम्बन्धी परामर्श लिएका थिए।

डा. भट्टराई मङ्गलवार नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस