राजश्व चुहावटको अभियोगमा राठीलाई पौने १५ करोडको मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजश्व चुहावटको अभियोगमा राठीलाई पौने १५ करोडको मुद्दा


१६ फाल्गुन २०७७, आइतबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व अनुसन्‍धान विभागले राजस्व चुहावट गरेको अभियोगमा मोरङ्ग, विराटनगरका सुरेश कुमार राठीसहित तीनजना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले बाबा फ्लोर मिल्स प्रा. लि.का सञ्‍चालक तथा गोपाल फ्लोर मिल प्रा. लि. का मुख्य कारोबारी राठी, बाबा फ्लोर मिल्स प्रा. लि. को संचालक सुमन राठी तथा कम्पनीका मेनेजर गिरधारी लाल अग्रवालविरुद्ध १५ करोड ३६ लाख ६३ हजार छ सय ७२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरी आईतबार(आज)पाटन उच्‍च अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले बास्तविक विक्री-आम्दानीभन्दा घटी विक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको साथै भीसीटीएससमेतको पालना नगरी राजस्व चुहावटको कसूर गरेको देखिएको विभागको अनुसन्‍धानमा खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस