राजश्व चुहावट गर्ने गुप्तालाई पौने २६ करोडको मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजश्व चुहावट गर्ने गुप्तालाई पौने २६ करोडको मुद्दा


१६ फाल्गुन २०७७, आइतबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा बीरगञ्‍ज उप–महानगरपालिका वडा नं।१० का रजनीश कुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ ।

रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रालिका सञ्चालक तथा प्रोप्राइटर गुप्ताविरुद्ध २५ करोड ८० लाख ६५ हजार चार सय २३ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी गरी शुक्रवार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको देखिएको विभागको अनुसन्धानमा खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस