गाउँपालिकाले दियो कर्मचारीलाई नयाँ वर्षमा तीन दिन भ्रमण बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाउँपालिकाले दियो कर्मचारीलाई नयाँ वर्षमा तीन दिन भ्रमण बिदा


१६ फाल्गुन २०७७, आइतबार


गोरखा । गोरखाको धार्चे गाउँपालिकाले कर्मचारीहरूलाई थप तीन दिन भ्रमण बिदा दिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले आफ्ना कर्मचारीहरूलाई नयाँ वर्षमा थप तीन दिन भ्रमण बिदा दिने भएको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ वर्षमा कर्मचारीहरुलाई गाउँपालिकाका विभिन्न क्षेत्रमा भ्रमण गर्नका लागि तीन दिन विदा दिने निर्णय गरिएको गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङले जानकारी दिइन् । उनले भनिन्, ‘नयाँ वर्ष २०७८ को अवसरमा कर्मचारीहरुलाई भ्रमण गर्न तीन दिन भ्रमण विदा दिने निर्णय भएको हो, तर सधैँको लागि यो विदा दिइएको होइन, गाउँपालिका क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले विदा दिइएको हो ।

भ्रमणमा जाने कर्मचारीले भ्रमण पश्चात फर्किएर तस्वीरसहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै उक्त बिदा स्वीकृति हुने गाउँपालिकाले जनाएको छ । कर्मचारीहरूलाई गाउँपालिकाको बारेमा बुझ्न पनि सजिलो हुने र सरुवा भएर अन्यत्र गएपछि गाउँपालिकाको पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार हुने गाउँपालिकाको विश्वास रहेको छ ।

यसअघि संघीय सरकाले पनि कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव राखेको थियो तर यसबारे निर्णय भने भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस