२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा नेपाल-बङ्गलादेश युवा सम्मेलन शुरु

अ+ अ-

काठमाडौँ । चौथो ‘नेपाल-बङ्गलादेश युवा सम्मेलन’ आजदेखि काठमाडौँमा शुरु भएको छ । कोभिड–१९ का कारण प्रभावित हुँदै आएको सम्मेलन रोगको सङ्क्रमण घटेसँगै आयोजना गरिएको कार्यक्रम संयोजक अभिनव चौधरीले जानकारी दिए । दुईदिने सम्मेलनको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले उद्घाटन गरिन् ।

उक्त समारोहमा मन्त्री तुम्बाहाङ्फेले यसरी दुई मुलुकका युवाबीच अनुभव आदान-प्रदान हुँदा आपसी सम्बन्ध विस्तार, संस्कृति हस्तान्तरण र विकास साझेदारमा टेवा पुग्ने बताइन् । आर्थिक समृद्धि र विकासका निम्ति युवाको भूमिका अहम हुने र त्यस्ता अनुभवी युवाले मुलुकको प्रतिनिधित्वसमेत गर्न सक्ने भएकाले पनि विश्वको अनुभव युवाले सिक्नु जरुरी रहेको उनले औँल्याइन्।

मुलुकलाई प्रगतिउन्मुख गराउन यस्ताखाले कार्यक्रमले टेवा पुग्ने हुँदा कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उनको जोड थियो । उनले नेपालको संविधान र कानूनमा नै युवाको भूमिकालाई व्यवस्थित गरिएको र युवालाई अघि बढाउन छुट्टै मन्त्रालयसमेत गठन गरिएको जानकारी दिइन् । उनले देश-देशबीच व्यापारिक सम्बन्ध गाँस्न पनि युवाको भूमिका ठूलो हुने बताइन् ।

उक्त समारोहमा नेपालस्थित बङ्गलादेशी राजदूत सलाहउद्दिन नोमन चौधरीले यस्ता खाले कार्यक्रममार्फत युवाबीच अनुभव साटासाट हुँदा दुवै देशको व्यापार विस्तार र समग्र विकासमा नै टेवा पुग्ने बताए् ।

दिगो विकास लक्ष्य, जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मेलन केन्द्रित रहेको कार्यक्रम संयोजक चौधरीले जानकारी दिए । उनले कोभिड-१९ को प्रभाव शून्य रहेको सन्देश प्रवाह गर्न कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । विश्वका युवाबीच अनुभव आदान–प्रदान हुँदा सम्बन्धित राष्ट्रको विकासमा उनीहरूले ठूलो भूमिका खेल्नसक्ने बताए ।

युवा विकास केन्द्र र साउथ एशिया पार्टनरसीप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा शुरु सम्मेलनमा आज जलवायु परिवर्तनसम्बन्धी पर्वतारोही अनिश लुइँटेल र लालमणि वाग्लेले कार्यपत्र प्रस्तुत गरेका थिए भने बङ्गलादेशको प्रकोप व्यवस्थापनका विषयमा ढाका विश्वविद्यालयका महबुब आलमले प्रस्तुतीकरण दिएका थिए ।

सम्मेलनमा दुवै देशको व्यापार र सम्बन्ध विस्तार तथा कोभिडपछिको अवस्थामा जनस्वास्थ्यमा युवाबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भइरहेको छ । सम्मेलनको उद्घाटनसत्र पछि आज दुवै देशका कलाकारबीच लोक संस्कृति प्रस्तुत गरेका थियो ।

यसअघि पहिलो र तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो । दोस्रो पूर्वी नेपालको इटहरीमा भएको थियो । यसपालि बङ्गलादेशमा गर्ने भनिए पनि सम्भव नभएपछि नेपालमा आयोजना गरिएको हो । पाँचौँ संस्करण भने बङ्गलादेशमा विसं २०७८ को शुरुआतमै हुने जनाइएको छ । बङ्गलादेशी सुमाया तहमिद जाफ्ररिनको संयोजकत्वमा २५ सदस्यीय युवा टोली सहभागी छ । नेपालका विभिन्न जिल्लाबाट ४० युवाले सम्मेलनमा सहभागिता जनाएका छन् । सम्मेलन आइतबार पनि चल्ने छ ।

प्रतिक्रिया दिनुहोस