औषधि व्यवस्था विभागद्वारा ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

औषधि व्यवस्था विभागद्वारा ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक


प्रशासन संवाददाता

१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । औषधि व्यवस्था विभागले ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक लगाएको छ ।

बिहीबार एक सूचना जारी गर्दै बजार अनुगमनका क्रममा औषधिहरुको नमुना परीक्षण गर्दा ८ वटा औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न विभागको निर्देशन छ ।

पर्साका प्राइम फर्मास्युटिकल्सको फेक्जिस्ट (फेक्जोफिनाडाइन हाइड्रोक्लोराइड ओरल ससपेन्सन) र भास्कर हर्बस्युटिकल्सको ग्यास्टोजेल ससपेन्सन २०० एमएललाई रोक लगाउन भनिएको छ ।

त्यसैगरी मोरङको एमटेक मेड प्रालिको दुईवटा इनक्स इट्राकानोजोल क्यापसुल बीपी, भक्तपुरको सिटिएल फर्मास्युटिकल्सको लिपिलेज १०, बाराको मेगनस फर्मा प्रालिको इरगोनल–२०० र आर्या फर्माल्याबको सिनट्रयान –२०० छन् भने रुपन्देहीको बायोज्ञान रिमेडिज प्रालिको आइट्याक (इट्राकानोजोल क्यापसुल १०० एमजी) रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस