ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट गुरुङलाई हटाए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट गुरुङलाई हटाए


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।

गत पुस ५ गते संसद विघटन गर्ने घोषण गरे संगै दुई समुहमा विभाजन भएको नेकपा का अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ ।

ओली समूहको संसदीय दलको बैठकले भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस