भिरबाट लडेर एकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भिरबाट लडेर एकको मृत्यु


१४ फाल्गुन २०७७, शुक्रबार


मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौँडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनका अनुसार विकको गुप्तेश्वरी जङ्गलमा भिरबाट लडेर गए राति नै मृत्यु भएको हो । विक भिरबाट करिब २०० मिटर तल खसेका थिए ।

प्रवक्ता रानाका अनुसार, मृतक विकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस