भारतीय र चिनियाँ राजदूत सक्रिय, भेटे देउवालाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय र चिनियाँ राजदूत सक्रिय, भेटे देउवालाई


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेपालका लागि भारतीय र चिनियाँ राजदूतले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै छिमेकी मुलुक भारतका राजदूत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छी सक्रिय भएका छन् ।

बुढानीलकण्ठ स्रोतका अनुसार सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा राजदुतद्वयले देउवासँग छलफल गरेका हुन् ।

नयाँ राजनीतिक घटनाक्रमपछि अब संसदमा गएर सहकार्यका लागि भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल बुधवार देउवा निवास पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते संसद् विघटन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन् । सर्वोच्च अदालतले फागुन ११ गते उक्त असंवैधानिक कदमलाई बदर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस