फार्मेसी अधिकृत २ लाख घूससहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फार्मेसी अधिकृत २ लाख घूससहित पक्राउ


प्रशासन संवाददाता

१३ फाल्गुन २०७७, बिहिबार


अख्तियार

काठमाडौँ । औषधी व्यवस्था विभाग, शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदी दुई लाख घुससहित पक्राउ परेका छन् ।

मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले फार्मेसी अधिकृत सुवेदीलाई रकमसहित विराटनगर महानगरपालिका वडा नं। ३ स्थित भट्टराई होटेलको अगाडीबाट नियन्त्रणमा लिइएको प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

सुवेदी लाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता रिसालले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस