घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना अख्तियारको नियन्त्रणमा


१३ फाल्गुन २०७७, बिहिबार


अख्तियार

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएका टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियारका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस