गायिका अन्जु पन्तले गरिन् विवाह « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

गायिका अन्जु पन्तले गरिन् विवाह


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । गायिका अन्जु पन्तले विवाह गरेकी छन् । बुधवार उनले थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।

विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् ।

केही समय अगाडि थिरसँग विवाहको चर्चा चले पनि पन्त भने मौन रहँदै आएकी थिइन् भने थिरले स्वीकार गर्दै आएका थिए ।

गायिका पन्तको यस अगाडि गायक सङ्गीतकार मनोज राजसँग विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अन्जुको एक छोरीसमेत छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस