परिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न : प्रधानमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न : प्रधानमन्त्री


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने बताएका छन् ।

दक्षिण एसियामै पहिलो पटक नेपालले सुरु गरेको माटोको डिजिटल म्यापिङ प्रणाली आज राजधानीमा सार्वजनिक गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेसम्मको मेरो कुराबाट केही फरक पाउनु भो र ?’
स्वार्थबाट लपेटिएका मानिसहरूमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको पनि उनले बताए । ‘उदय सविता रक्तो रक्तश्चास्तमये यथा । सम्पत्तौ च विपत्तौ च महतामेकरुपता’ संस्कृत श्लोक उद्धृत गर्दै प्रधानमन्त्रीले भने । आफू जस्तो सुकै परिस्थितिमा पनि दृढताका साथ यो देश बनाई छोड्ने भनाई उनको थियो ।

प्रधानमन्त्री ओलीले माटोको डिजिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताए । ‘माटोमा कुन पोषक तत्त्व छ कुन पोषक तत्त्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउन सक्छ’, उनले थपे । किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच सक्ने पनि प्रधानमन्त्रीले बताए ।

जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो । देशमा पर्याप्त उत्पादन भए पनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनु पर्ने भनाई उनको थियो ।

देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय उत्पादन २१ प्रतिशत मात्र रहेको बताउँदै उन्ले यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धिमा जानुपर्ने पनि प्रधानमन्त्रीले बताए । ‘ठूलो मात्रामा उत्पादन गरेमा हामीले निर्यात गर्न बजार पाउँछौँ । तर त्यसका लागि गुणस्तर, सहज मूल्य र समयमै आपूर्ति गर् नसक्ने क्षमता आवश्यक छ’, उनको भनाई थियो ।

कृषिमा दिइने अनुदानलाई दुरुपयोग नहुने गरी परिवर्तन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब कृषिमा युवाहरूलाई आकर्षित गरिनुपर्ने समेत बताए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षि विकास मन्त्री पद्मा अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने तर्फ माटोको डिजिटल म्यापिङ महत्त्वपूर्ण फड्को भएको बत्ताइन् ।

माटोको विद्युतीय नक्सांकनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्त्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ रु कुन बालीको उत्पादन राम्रो हुन्छ रु कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्नेछन् ।

देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमुना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रासायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्छन् ।

नक्सांकन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवा प्रदायक सङ्घ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ । माटोमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ रु कुन ठाउँमा कस्तो किसिमको मल आपूर्ति गर्ने, माटोको सुधारका लागि अम्लीयपन, प्राङ्गारिक पदार्थको मात्रा तथा सूक्ष्म खाद्यतत्वहरुको सन्तुलन कसरी गर्ने रु जस्ता निर्णय लिन सहज हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस