भारत जाने यात्रुले पीसीआर रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारत जाने यात्रुले पीसीआर रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने


प्रशासन संवाददाता

१२ फाल्गुन २०७७, बुधबार


वाइडबडी खरिद

काठमाडौँ । भारत जाने यात्रुले अबदेखि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्यरुपमा अनलाइनमा अपलोड गर्नुपर्ने भएको छ । अनलाइनमा पीसीआर नेगेटिभ आएको रिपोर्ट अपलोड नगरी यात्रा गर्न खोजे अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जानकारी दिएको छ ।

नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् ।

यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो । तर, अब यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ । अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ ।

भारत सरकारले कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिपोर्टसमेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम ल्याएको हो । यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस