नेकपा ओली समूहले बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपा ओली समूहले बोलायो स्थायी कमिटी बैठक


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न नेकपा (ओली) समूहले स्थायी कमिटीको बैठक बोलाएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर विषयमाथि छलफल गर्न ओली समूहले बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको हो।

बैठकमा सर्वोच्चको फैसलापछिको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ। स्रातेका अनुसार आकस्मिक बैठक भएकाले एजेन्डाका विषयमा जानकारी दिइएको छैन।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी १७ र २७ वैशाखमा निर्वाचतको मिति घोषणा गरेकी थिइन्।

यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो। यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस