सर्वोच्च अदालतको ऐतिहासिक फैसला -अध्यक्ष नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वोच्च अदालतको ऐतिहासिक फैसला -अध्यक्ष नेपाल


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।

उनले भनेका छन्, “सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।”

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए । उनले सम्पूर्ण जनता, आन्दोलनमा उत्रेका दल, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवादसमेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस