शरणार्थी शिविरमा श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

शरणार्थी शिविरमा श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ


११ फाल्गुन २०७७, मंगलबार


पक्राउ

झापा । दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा ५५ वर्षीय सरे राईलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ ।

शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको बताइएको छ ।

श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई प्रहरीले दमक नगरपालिका–२ स्थित एकघरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

अभियक्त तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस