सहसचिव सरुवा प्रस्ताव मन्त्रिपरिषद् कार्यालय पुग्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहसचिव सरुवा प्रस्ताव मन्त्रिपरिषद् कार्यालय पुग्यो


१० फाल्गुन २०७७, सोमबार


सह सचिव

काठमाडौँ । सहसचिव सरुवाको प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार नामावलीसहितको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो ।

राजनीतिक उकुसमुकुससँगै बढेको अन्यौलताका बिच एकै पटक सरुवासहित पदस्थापन गर्ने गरी मन्त्रिपरिषद्मा पठाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन उच्च स्रोतले बतायो ।

१२ जना सहसचिवको नामावलीबाट सुरु भएको सरुवा सूची ७० जनासम्म पुग्दा निर्णय भएर आउँदा कति जनाको हुने हो त्यो भने यसै भन्न सकिने अवस्था छैन ।

आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकबाट निर्णय गराउने गरी हिजै पेस भएपनि प्रधानमन्त्री उपत्यका बाहिर(कञ्चनपुर) गएका कारण साँझ ६ बजेलाई बस्ने भनिएको बैठक स्थगित भएको थियो ।

दबाब पर्ने भन्दै यस पटकको सरुवालाई अति गोप्य राखिएको छ । सूचना चुहिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सूची तयार गर्नकै लागि पनि फरक शाखाबाट केही सीमित कर्मचारीबाट गोप्यरुपमा काम गराइएको स्रोतको भनाई छ ।

त्यसो त यसअघि पनि पटक पटक सूचीमाथि छलफल भएर निर्णयका लागि पठाइएको भनिएपनि राजनीतिक तथा प्रशासनिक भनसुनका कारण अघि बढ्ने रोकिने क्रम जारी रहेको थियो ।

सम्बन्धित समाचार : ३५ बढी सहसचिवको सरुवा सूची तयार, आजै निर्णय हुँदै

Tags :
प्रतिक्रिया दिनुहोस