३५ बढी सहसचिवको सरुवा सूची तयार, आजै निर्णय हुँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

३५ बढी सहसचिवको सरुवा सूची तयार, आजै निर्णय हुँदै


४ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । सरकारले तीन दर्जन बढी सहसचिव सरुवाको तयारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार(आजै) सरुवा निर्णय गर्न लागेको प्रशासन सिंहदरवार स्रोतले जानकारी दिएको छ ।

महिना दिन लामो रस्साकस्सी पछि हिजै मात्र सचिव सरुवा सार्वजनिक भए पनि सबैले अझै चिठी बुझ्न नसकिरहँदा त्यति नै बेलादेखि सुरु गरिएको सहसचिवको चर्चा आज मात्रै टुङ्ग्याउन थालिएको ती स्रोतको भनाई छ ।

सम्भवतः ५ बजेभित्र सूची सार्वजनिक गर्ने तयारीमा मन्त्रालय छ, ती अधिकारीले प्रशासन विशेष ब्युरोलाई भने, प्रशासनिक र राजनैतिक शक्तिकेन्द्रका दबाबले को कहाँ हुन्छ पछि नै थाहा हुन्छ । अहिलेको सरुवालाई चुनावी तालमेलसँग मिलाउन खोजिएको भनिए पनि चुनाव नै हुने कि नहुने निश्चित नहुँदा महिना दिन अघि तयार पारिएको सूची पछि पछि भन्दै सारिँदै आइएको थियो ।

त्यसो त उपसचिव सरुवामा मच्चिएको बबन्डरसमेत मत्थर भएको छैन । तालिममै रहेको बेला केही ग्रुपहरूले तयार पारेको सुचीअनुसार एक पटकसमेत नसोधी पदस्थापन तथा काज सरुवा गरिएको भन्दै कैयन् उपसचिवहरूले आपत्ति जनाएका छन् । त्यसैको रापले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र सचिव एकनारायण अर्याललगायत उच्च कर्मचारीको टसल सतहमै देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस