२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३५ बढी सहसचिवको सरुवा सूची तयार, आजै निर्णय हुँदै

अ+ अ-

काठमाडौँ । सरकारले तीन दर्जन बढी सहसचिव सरुवाको तयारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार(आजै) सरुवा निर्णय गर्न लागेको प्रशासन सिंहदरवार स्रोतले जानकारी दिएको छ ।

महिना दिन लामो रस्साकस्सी पछि हिजै मात्र सचिव सरुवा सार्वजनिक भए पनि सबैले अझै चिठी बुझ्न नसकिरहँदा त्यति नै बेलादेखि सुरु गरिएको सहसचिवको चर्चा आज मात्रै टुङ्ग्याउन थालिएको ती स्रोतको भनाई छ ।

सम्भवतः ५ बजेभित्र सूची सार्वजनिक गर्ने तयारीमा मन्त्रालय छ, ती अधिकारीले प्रशासन विशेष ब्युरोलाई भने, प्रशासनिक र राजनैतिक शक्तिकेन्द्रका दबाबले को कहाँ हुन्छ पछि नै थाहा हुन्छ । अहिलेको सरुवालाई चुनावी तालमेलसँग मिलाउन खोजिएको भनिए पनि चुनाव नै हुने कि नहुने निश्चित नहुँदा महिना दिन अघि तयार पारिएको सूची पछि पछि भन्दै सारिँदै आइएको थियो ।

त्यसो त उपसचिव सरुवामा मच्चिएको बबन्डरसमेत मत्थर भएको छैन । तालिममै रहेको बेला केही ग्रुपहरूले तयार पारेको सुचीअनुसार एक पटकसमेत नसोधी पदस्थापन तथा काज सरुवा गरिएको भन्दै कैयन् उपसचिवहरूले आपत्ति जनाएका छन् । त्यसैको रापले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र सचिव एकनारायण अर्याललगायत उच्च कर्मचारीको टसल सतहमै देखिएको छ ।