विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भए लगत्तै फेरी पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भए लगत्तै फेरी पक्राउ


१० फाल्गुन २०७७, सोमबार


काठमाडौँ । नेत्रविक्रम चन्द समूहका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट पक्राउ गरेको छ।

बन्दीप्रत्यक्षीकरणको आदेशमा छाड्ने आदेश दिए पनि उनलाई बाहिर निस्कने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो।

बास्तोलालाई रिहा गर्न माग गर्दै अनिमा वास्तोला भण्डारीले माघ २८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बास्तोलालाई सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।

सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

सम्बन्धित समाचार : विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भए लगत्तै पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस