विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भए लगत्तै पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भए लगत्तै पक्राउ


प्रशासन संवाददाता

२२ माघ २०७७, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई रिहा गरिए लगत्तै पक्राउ गरिएको छ ।

बिहीबार सर्वोच्चको बन्दी प्रत्यक्षीकरण आदेशमार्फत रिहा भए लगत्तै बाँस्तोलालाई फेरि प्रहरीले पक्राउ गरेको हो । नेता बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको जनाइएको छ ।

न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बास्तोलाई फरक विचार र आस्था राखेकै आधारमा पक्राउ गर्न नपाइने भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

बिहीबार जारी बन्दी प्रत्यक्षीकरण आदेशमा बास्तोलामाथि लगाइएको आरोपमा वस्तुनिष्ठ आधार प्रमाण नभएको, पक्राउको पृष्ठभूमि हेर्दा फरक विचार र आस्था राखेकै कारणबाट पक्राउ गरिएको ठहर गरिएको छ । ।

बाँस्तोलालाई पुस २९ गते ललितपुरको गिम्दीबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले विस्फोटक पदार्थ९बम० विस्फोट गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा ललितपुर जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस