पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना संक्रमणमुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना संक्रमणमुक्त


१० फाल्गुन २०७७, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ ।

आज (सोमबार) देशभरका अस्पताल तथा क्वारेन्टिनमा रहेका ९० जना कोरोना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । योसहित कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ जना पुगेको छ ।

आज कोरोना भाइरस संक्रमणबाट कसैले पनी ज्यान गुमाएका छैनन् । नेपालमा हालसम्म कोरोना भाइरसबाट २ हजार ६१ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस