प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापा बीच भेटबार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापा बीच भेटबार्ता


१० फाल्गुन २०७७, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटबार्ता भएको छ ।

आज सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटघाट भएको सर्वोच्च अदालतस्थित स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलना मुद्दाको जवाफ दिन गएका बेला सर्वोच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए । अदालतको परिसर साँघुरो भएको भन्दै सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो ।

तर,सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर ‘हेर्दाहेर्दै’मा रहेको बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस