प्रधानमन्त्री ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै


१० फाल्गुन २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

कञ्चनपुरको वेदकोट–२ र ३ मा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो ।

शिलान्यास कार्यक्रमको औपचारिक समारोह वेदकोट–२ स्थित झरना खेल मैदानमा आयोजना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस