विप्लवसँग सरकारको अनौपचारिक वार्ता जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विप्लवसँग सरकारको अनौपचारिक वार्ता जारी


९ फाल्गुन २०७७, आइतबार


विप्लव

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासँग अनौपचारिक वार्ता गरिरहेको छ ।

खानेपानी मन्त्री मणि थापा संयोजकत्वको सरकारी टोलीले नेकपाका प्रतिनिधिहरूसँग अनौपचारिक वार्ता गरिरहेको स्रोतले जनाएको छ ।

अनौपचारिक रूपमा कुरा मिलेपछि सरकार औपचारिक रूपमा कार्यदल बनाएर वार्ता गर्ने तयारीमा रहेको ती स्रोतको दाबी छ । ‘आज सम्पन्न वार्ता सकारात्मक देखिएको छ’, ती स्रोतले भने ‘एक दुई दिनमा निक्र्यौल आउँछ ।’

महासचिव विप्लवले शनिवार मात्रै विज्ञप्ति निकालेर आफूहरू सरकारसँग वार्ता गर्न तयार रहेको बताएका थिए ।

चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ताका लागि अहिलेसम्म पक्राउ गरेका पार्टीका नेता कार्यकर्तालाई छोड्नु पर्ने र पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने सर्त राखेको छ । २०७५ फागुन २८ गते सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको थियो ।

नख्खु जेलमा रहेका चन्द नेतृत्वको नेकपाका प्रभावशाली नेताहरू हेमन्तप्रकाश ओली, ध्रमेन्द्र बास्तोलालगायतका नेतामार्फत नै पार्टीसँग वार्ता गर्ने वातावरण निर्माण भएको सरकारी स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस