आइतबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि, १२१ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइतबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि, १२१ जना संक्रमणमुक्त


९ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । नेपालमा आज थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ८० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ।

पछिल्लो २४ घन्टामा १२१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टा ४९ जनामा कोरोना संक्रमण भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस