२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्टाफ कलेज निर्माणसंँगै टटेलटार फेरिने आशा

अ+ अ-

बनेपा । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) निर्माणको प्रक्रिया अगाडि बढेसँगै यहाँका स्थानीय बासिन्दा विकासले मुहार फेर्नेमा आशावादी बनेका छन् ।

काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ टटेलटारमा स्टाफ कलेज निर्माणका क्रममा आफूहरुलाई आवश्यक व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेसँगै कलेज व्यवस्थापन पक्षले मागको सम्बोधन गर्ने जनाएपछि उनीहरु आशावादी बनेका हुन् ।

टटेलटारबासी एवं टटेलटार सरोकार समाजका अध्यक्ष ज्ञानेन्द्र देवकोटाले कलेज निर्माणपछि खुला रुपमा हिँडडुल गर्न पाउने क्षेत्र नहुँदा स्थानीय बासिन्दाले व्यहोर्नुपर्ने उकुसमुकुसलाई ध्यानमा राख्दै नगरपालिकाको समन्वयमा निर्माण हुन लागेको कलेज व्यवस्थापनले थप भौतिक विकास गर्नुपर्ने बताए ।

भौतिक विकासनिर्माणसँगै स्थानीय बासिन्दाले मानसिक रुपमा पनि आनन्द लिन पाउने वातावरण निर्माण गर्नुपर्ने सबै पक्षको दायित्व भएको जनाउँदै उनले सो वातावरण बनाउन आफूहरुले माग अगाडि सारेको बताए । समाजले कलेज व्यवस्थापन पक्षलाई ६ बुँदे मागपत्र पेश गरेको छ ।

समाजले निर्माण चरणमा आवश्यक कामदार बनाउँदा स्थानीयवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने, तिनलाई खानेपानी उपलब्ध गराउनुपर्ने, कलेज सञ्चालनमा आएपछि संस्थाले दूध, मासु, तरकारी एवं स्थानीय उत्पादन खरीद गर्नुपर्ने, घरेडाँडाहुँदै टटेलटार जाने सडकको स्तरोन्नति गर्नुपर्ने, निर्माण सम्पन्नपछि आवश्यक कर्मचारी (करार) स्थानीयवासीबाट नै लिनुपर्ने र तिनले उपभोग गर्न पाउने गरी उद्यान निर्माण गर्नुपर्ने विषयमा कलेज व्यवस्थापन पक्षले सहमति जनाइसकेको बताइएको छ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नमोबुद्धमा अन्तरराष्ट्रिय मापदण्डानुसारको स्टाफ कलेज निर्माण हुनु गौरवको विषय भएको जनाउँदै कलेज निर्माणपछि नगरमा थप पूर्वाधार निर्माण हुने अपेक्षा व्यक्त गरे ।

नगरपालिकामा कलेज निर्माणसँगै युथ इनोभेशन सेन्टर, पाँचखाल र नमोबुद्ध नगरपालिकालाई समेटेर मदन भण्डारी विश्वविद्यालय निर्माणलगायत राष्ट्रिय गौरवका योजना निर्माणको काम अघि बढेकामा खुशी व्यक्त गरे ।

वडाध्यक्ष सञ्जीव ढकालले छिटोभन्दा छिटो कलेज निर्माणको प्रक्रिया शुरु होस् भन्ने आफूहरुको चाहना रहेको तथा निर्माणको कामलाई आफूहरुले आवश्यक साथ र सहयोग दिन तयार रहेको बताए ।

कलेज निर्माणका लागि सँगै अघि बढ्न नगरपालिकाका जनप्रतिनिधि र स्थानीयवासी तयार रहेको १० नं वडाध्यक्ष रामकृष्ण अधिकारीले बताए । कलेज निर्माणसम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कनका लागि शुक्रबार व्यवस्थापन पक्षले सार्वजनिक सुनुवाइ गरेको थियो ।

सो क्रममा अध्ययन टोलीका संयोजक तेजकुमार श्रेष्ठले स्थानीय वस्तुस्थितिका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । मूल्यअभिवृद्धि करबाहेक करीब रु तीन अर्बको लागतमा निर्माण हुन लागेको अनुमान गरिएको सो कलेज २८।५ हेक्टर क्षेत्रफलमा फैलिएकामा ३।२ हेक्टरमा पूर्वाधार निर्माण हुने आयोजनाले जनाएको छ ।