संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेश : कमल थापा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेश : कमल थापा


८ फाल्गुन २०७७, शनिबार


झपा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन्।

झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरीतन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार व्यक्त गरे।

अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गरे।

१४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै उनले विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहोरी राजनीतिले काम गरेको उनको भनाइ थियो।

कम्युनिष्ट पार्टीभित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी, शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।

Tags :
प्रतिक्रिया दिनुहोस