प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति « प्रशासन
prasaLogo
८ फाल्गुन २०७७, शनिबार

प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति


प्रकाशित मिति : 20 February, 2021 10:33 am

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही रु ५० हजार सहयोग प्रदान गरेका छन् । इन्द्रावती–३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार उनले सो रकम हस्तान्तरण गरेका हुन् ।

महेन्द्र माविबाट एसइई गर्ने दिनिसा गिरी, बनित भारती, सागर मल्ल र सुदीप भारती, सिंहमती माविका श्वेता थापा, शर्मिला तामाङ र विशाल तामाङलाई छात्रवृत्तिस्वरुप रकम हस्तान्तरण गरिएको हो । उनले विद्यालयस्तरमा अध्ययनरत दुई विद्यार्थीलाई जनही रु दुई हजार ५०० का दरले छात्रवृत्ति प्रदान गरे। प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीका लागि आगामी दिनमा पनि सहयोग प्रदान गर्ने उनले बताए ।

शैक्षिक प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शिक्षा क्षेत्रमा राम्रो नतिजा ल्याउने गरी गाउँपालिका लागिपरेको बताए। वडा नं ३ का अध्यक्ष देवप्रसाद बानियाँले आउँदो आर्थिक वर्षदेखि थप शिक्षक उपलब्ध गराउने वचन दिए । प्रदर्शनीमा नवलपुर मावि, राजेश्वरी माविको पनि सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस