मालपोत प्रमुख ६ लाख घुससहित रङ्गेहात पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मालपोत प्रमुख ६ लाख घुससहित रङ्गेहात पक्राउ


७ फाल्गुन २०७७, शुक्रबार


अख्तियार

बारा । बाराको सिमरास्थित मालपोत कार्यालयका प्रमुख मनोजकुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन् ।

बाराको जितपुरमा रहेको जग्गा सरजमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटेको टोलीले खनाललाई पक्राउ गरेको हो ।

आयोगको काठमाडौँबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई अमलेखगन्जस्थित एक होटेलबाट घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गे हात पक्राउ आयोग स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस