कर्णाली लोक सेवा आयोगको अध्यक्षमा उपाध्याय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णाली लोक सेवा आयोगको अध्यक्षमा उपाध्याय


७ फाल्गुन २०७७, शुक्रबार


कर्णाली । कर्णाली प्रदेश लोक सेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बिहीबार आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

आयोगका सदस्यमा वसन्ती कुमारी सिंह शाही र भक्तबहादुर खड्का नियुक्त भएका छन् । सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नारायण नगरपालिका– ३ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगरपालिका –१२ सुर्खेत बस्दै आएका उपाध्याय माध्यमिक विद्यालय निरीक्षक हुँदै शिक्षा मन्त्रालयका सहसचिवबाट निवृत्त भएका थिए ।

कर्णाली प्रदेशसँगै प्रदेश लोक सेवा आयोग स्थापना गर्ने प्रदेशको सङ्ख्या ५ पुगेको छ । लुम्बिनी, प्रदेश नं. २, बागमती, प्रदेश नं. १ ले यसअघि नै अध्यक्षसहित पदाधिकारी नियुक्त गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस