एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा फागुन ९ देखि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा फागुन ९ देखि


६ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ । काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चानल गर्ने जनाएको छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

एमबीबीएस तर्फको परीक्षा फागुन ९ गतेदेखि १० गतेसम्म हुने छ भने बीडीएसको परीक्षाा फागुन ११ गते हुने छ । दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबीबीएस र २ सय १० जना बीडीएसका परीक्षार्थी सहभागी हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस