नेपाली सेनाका अधिकृतहरूद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाका अधिकृतहरूद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन


६ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा तालिमरत सि.सं. २७ का ६९ जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ । सो क्रममा उनीहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब र सङ्ग्राहलयसमेतको अवलोकन गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तालिमरत अधिकृतहरूले प्रहरी प्रधान कार्यालय भ्रमण गरेकोमा खुसी व्यक्त गरे। भ्रमणका क्रममा अधिकृतहरूले प्रहरी प्रधान कार्यालयभित्र आवश्यक जानकारी प्राप्त गरेको विश्वास उनले व्यक्त गरे । सबै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय हुनुपर्नेमा जोड दिँदै उनले यसबाट शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सकेको बताए।

उक्त अवसरमा प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

भ्रमण टोलीमा वंगलादेश, श्रीलंका, बेलायत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नाइजेरिया, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागबाट १÷१ जना र नेपाली सेनाबाट ६० जना गरी जम्मा ६९ जना अधिकृतहरू सहभागी रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस