राष्ट्रिय शिक्षक किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईँसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय शिक्षक किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईँसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


६ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रिय शिक्षक किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईँसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले शाखा अधिकृत प्रसाईँसँगै क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने र हलुका सवारी चालक सुरेश प्रसाद नेपालसमेत विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

आयोगले हलुका सवारी चालक सुरेश प्रसाद नेपाल र क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेले अवकाश पश्चात् पेन्सनका लागि कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना तथा उजुरीको आधारमा सेवाग्राहीबाट ५२ हजार लिई चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

शाखा अधिकृत प्रसाईँले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन सञ्चालक न्यौपानेलाई सेवाग्राहीसँग उक्त रकम माग गर्न लगाई न्यौपानेले भने अनुरूप चालक सुरेश प्रसाद नेपालले उक्त रकम लिएको आयोगले पुष्टि गरेको छ ।

तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम उक्त रकम बराबरको बिगो कायम गरी सजाय हुन दाबी गर्दै आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस