थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना संक्रमणमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना संक्रमणमुक्त


५ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ७० पुगेको छ।

पछिल्लो २४ घण्टामा ९१ जना संक्रमित कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसहित कोरोनासंक्रमणमुक्तहुनेको कुल संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ।

बुधबार काठमाडौँ उपत्यकामा थप ६० जनामा संक्रमण भएको छ। त्यसमध्ये काठमाडौंका ४५, भक्तपुरका ६ र ललितपुरका ९ जना छन्।

Tags :
प्रतिक्रिया दिनुहोस